अमेरिकन आइडलको फाइनलमा पुगे दिवेश


५ जेष्ठ २०७७, सोमबार
Dibes pokharel on American idol

काठमाडौं, ५ जेठ । नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको
टप ५ मा पुगेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।

दिवेशले अब उपाधिका लागि फाइनल राउण्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि शुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनु पर्ने नियम छ ।

american idol 5 top 1852020030748 1000x0 1

एक घण्टासम्म खुल्ला रहने भोटिङमा सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुनेछन् । कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुती दिइरहेका छन् ।

टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् । काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका शिलशिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७