भारतमा २४ घण्टामै थपिए पाँच हजार कोरोना संक्रमित, हालसम्म तीन हजार बढीको मृत्यु


५ जेष्ठ २०७७, सोमबार
korona india 5

नयाँदिल्ली, ५ जेठ । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामै पाँच हजार बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । भारतमा हिजो (आइतबार) पाँच हजार ५० जना नयाँ संक्रमित थपिएका हुन् । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको वल्र्डओमिटरले जनाएको छ ।

कोरोना संक्रमणबाट भारतमा हालसम्म तीन हजार २५ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार मात्रै भारतमा १५४ जनाको कोरोनाबाट ज्यान गएको छ । संक्रमितमध्ये ३६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १६ हजार ५१४ पुगेको छ । आइतबार संक्रमणबाट विश्वभर ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या ४७ लाख ९८ हजार ९५४ पुगेको छ । आइतबार एकै दिन विश्वभर गरेर ८१ हजार ९४५ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७