‘नेपालको शिक्षा प्रणालीलाई पनि प्रविधिसंग जोडनुपर्छ’ {भिडियाे}


११ जेष्ठ २०७७, आईतवार
bidya nath koirala

काठमाडौं, ११ जेठ । शिक्षा क्षेत्रका बिज्ञहरुले नेपालको शिक्षा प्रणालीलाई प्रविधिसंग जोडनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यन्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा उनीहरुले अन्य देशहरुमा जस्तै नेपालको शिक्षा प्रणालीलाई पनि प्रविधिसंग जोडनुपर्ने बताएका हुन् ।

अहिले महामारीका बेला अन्य देशमा प्रविधीको प्रयोग गरेर नै बिधार्थीहरुलाई पठनपाठन गराइरहेको उनीहरुको भनाई छ । बैठकमा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अहिलको अवस्थामा अनलाईनबाट शिक्षा दिनुपर्ने बताए ।

त्यस्तै स्तर मापनका लागि कक्षा ८, १२, बीए र एमएमा मात्र परिक्षा लिन उपयुक्त हुने सुझाव पनि दिए ।

बैठकमा समिति सदस्यहरुले बिद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै राज्यले समग्र शिक्षाको प्रारुपबारे सोच्नुपर्ने बेला आएको धारणा राखेका थिए । समिति सदस्य पम्फा भूषालले शिक्षण प्रणालीलाई परिवर्तन गर्नै पर्ने धारणा राखे ।

त्यस्तै समिति सदस्य डा मिनेन्द्र रिजालले मुलुकको सवै बिद्यालयमा सरकारले प्रविधिको पहुँच पुराउनुपर्ने बताए ।

उनले दुर्गम स्थानमा रहेका बिद्यालयको इन्टरनेटको शुल्क पनि सरकारले नै तिर्नुपर्ने र बिद्यार्थीहरुलाई प्रविधिकै माध्यमबाट शिक्षा प्रदान गर्न तयार हुनुपर्ने धारणा राखे ।

समितिले कोरोना माहामारीका बेला नेपालको शिक्षाको सुधार र शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने बिषयमा बिज्ञहरुको राय लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७