बालुवाको ढिस्कोले पुरेर दम्पतीको मृत्यु, दुई घाइते


१४ जेष्ठ २०७७, बुधबार
baluwa

जाजरकोट १४ जेठ । जाजरकोटमा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुर्दा एक दम्पतीको ज्यान गएको छ ।

स्थानीय स्वास्थ्य चौकी निर्माणका लागि बालुवा निकाल्ने क्रममा नलगाड नगरपालिका–९ तात्रका ३६ वर्षीय एक्कबहादुर सिंह र उनकी पत्नी ३३ वर्षीया कुमारी सिंहको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गम्भीर घाइते एक्कबहादुरको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गम्भीर घाइते पतिलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मंगलबार राति खलंगा नजिक मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

खिरखिरे भन्ने ठाँउमा बालुवा निकाल्ने क्रममा घाइते कमला सिंह र तारा सिंहको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । उनीहरुले बालुवा निकाल्दै गर्दा एक्कासी आएको ढिस्कोले पुरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७