जसलाई बचाउन चाहन्थिन्, त्यहि छोराले लियो आमाको ज्यान


१५ जेष्ठ २०७७, बिहीबार
hatyara

बेलबारी, १५ जेठ । मोरङको बेलबारीमा एक युवक आफ्नै आमाको निर्ममतापूर्वक हत्या गरी आफै आत्महत्या गरेका छन् ।

बेलबारी–४ स्थित बुधबारेका ३१ वर्षीय जीवन लिम्बूले आमा देवीमाया लिम्बूको हत्या गरी आफै आत्महत्या गरेका हुन । जीवनले शुक्रबार घरैमा आमा देवीमायाको हत्या गरेको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जनाएका छन् ।

इँट्टा प्रहारबाट देवीमायाको हत्या गरी आफैले छुरीले घाटी रेटेर आत्महत्या गरेको उपरीक्षक राईले बताएका छन् । स्थानीयका अनुसार करिब बिहान १०ः३० बजे सो घटना घटेको हो । बेलबारी–४ स्थित बुधबारेमा आमा देवीमायाको हत्या गरी घरबाट पूर्वतर्फ १ किलो मिटर टाढा गएर आफै घाटी रेटी जीवनले आत्महत्या गरेको स्थानीयले बताए ।

  बुधबार मध्य रात करिब १ बजे आमासँग जीवनको झगडा पर्दा घरमा नै आगो लगाउने कोशिस गरेको उनको बहिनी सलिनाले बताइन् । सलिनाले आमाको मृत्यु भएको खबर बिहान मात्र थाहा पाएको बताइन् ।

स्थानीयका अनुसार जीवन मानसिक बिरामी हुन् । जीवनले आमा देवीमायाको टाउकोमा इँटा प्रहार गरेर हत्या गरेको स्थानीयले बताएका छन् । स्थानीय खड्क राईका अनुसार शुक्रवार जीवनले आमा देवीमायासँग झगडा गर्न थालेपछि धाँमीकोमा फुक्न लग्ने निधो गरेर उनलाई ट्याम्पु बोलाई दिन अनुरोध गरेकी थिइन् । राईले ट्याम्पु बोलाएर आउँदा भने देवीमायाको हत्या भइसकेको उनले बताए । देवीमायाको टाउकोमा इँट्टाले प्रहार गरेर हत्या गरेको अवस्थामा भेटेको राईले बताए ।

स्थानीयका अनुसार आमाको हत्या गरेपछि जीवनले खड्गबहादुर खड्काको घरमा पुगेर घाँटी रेटेर आत्महत्या गरेका थिए । घरभित्र बसेका खड्का बाहिर हल्ला भएपछि निस्कँदा भान्सामा घाँटी रेटी रहेको अवस्थामा भेटेको उनले बताए । जीवनले घाटीँ  रेट्दै बाहिर निस्किएर आँगनमा लडेको उनले बताए ।

नाम नखुलाउने शर्तमा घटनाका मुख्य प्रत्यक्षदर्शी खड्काका छिमेकीका अनुसार जीवनले घाँटी रेट्न पहिला हँसिया प्रयोग गरेका थिए । पछि छुरी प्रयोग गरेका थिए । खड्काको घरको भान्सा गएर छुरी निकालेर आफै घाँटी रेटेको उनले बताए ।

हतियार खोस्न खोज्दा उल्टै युवकले प्रहार गर्न खोजेका थिए । युवकले घाँटी रेटेर आफ्नो घाँटीको भित्रको स्वास नदी आफै तानेर बाहिर निकालेको उनले बताएका छन् । प्रहरीलाई खबर गरेको करिब ३० मिनेटपछि आउँदा घाटीको भित्री भाग आफै तानेर युवकले निकाली सकेको र गम्भीर अवस्थामा पुगेका बेला मात्र प्रहरी घटनास्थल पुगेको उनले बताएका छन् । यस्तो कहालीलाग्दो घटना प्रत्यक्ष रूपमा पहिलो पटक देखेको उनले बताए ।

खबर पाएर घटनास्थल पुगेका प्रहरीले बेलबारी–३ स्थित नोबेल सामुदायिक अस्पतालमा उपचारको लागि लगेका थिए । तर जीवनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । आमा छोराको शव उर्लाबारीस्थित मङ्गलवारे अस्पताल पोस्टमार्टमको लागि पठाइ, देवीमायाकी छोरीलाई बुझाइ सकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७