राष्ट्रिय सभा सदस्यको केहिबेरपछि लागि मनोनयन, १० हजार धरौटी


१० माघ २०७४, बुधबार
Election ayoge 1 1

काठमाण्डौं, १० माघ : आउँदो माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज केहिबेरपछि मनोनयन दर्ता शुरु हुँदैछ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेद्वार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ । उम्मेद्वारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपरान्ह् ४ बजेसम्म हुनेछ ।Election ayoge 1 1

प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक पिछडिएका क्षेत्र वा अल्पसंख्यकसहित आठ जनाका हिसाबले ५६ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने संवैधानिक प्रावधान छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी २०५६ मतदाता छन् । आज मनोयनन दर्ता गरेका उम्मेद्वारलाई निर्वाचन आयोगले छानबिनपछि आउँदो माघ १५ गते चुनाव चिन्ह् प्रदान गर्नेछ । राष्ट्रिय सभाको निर्वाचनमा २१ राजनीतिक दलले भाग लिने निर्वाचन आयोगले जनाएको छ ।

उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीश राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन कतिपय राजनीतिक दलले चुनावी तालमेल गरी उम्मेद्वार उठाएका छन् ।
उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन जाँदा नागरिकता, गाउँपालिका वा नगरपालिकाकोे मतदाता नामावलीको सूची र १० हजार रुपैयाँ धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर बुझाउनुपर्ने आयोगले जनाएको छ । यस्तै दलको उम्मे्दवारले मनोनयनको औपचारिक पत्र पनि बुझाउनुपर्ने र दलित, अपाङता वा अल्पसंख्यक समूहबाट उम्मेद्वारी दिंदा अधिकार प्राप्त निकायले दिएकोे प्रमाण पेश गर्नुपर्ने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७