नेपालको जनसंख्या तीन करोड नाघ्यो


१२ असार २०७७, शुक्रबार
cbs w1FfJMRpnc 1 1
Central Bureau of Statistics (CBS)

काठमाडौं, १२ असार । नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो ।

तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या तीन करोड ६३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।

यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या भएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताएका छन् । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ ।

२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७