सन्दिप आइपीएलमा खेल्ने, दिल्ली डेयरडेभिल्सले भारू २० लाखमा किन्याे


१४ माघ २०७४, आईतवार
san

काठमाण्डौं, १४ माघ : नेपाली युवा बलर सन्दिप लामिछाने आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् । १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई  आइतबार भएको अक्सनमा आईपीएल टिम दिल्ली डेयरडेभिल्सले किनेकाे हाे । san

उनलार्इ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन (बाेलकबोल)मा दिल्ली डेयर डेभिल्सले भारू २० लाखमा खरिद गरेको हाे । ५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी थिए भने बाँकी अनक्याप्ड हुन्। । sandip lamexane 3

सन्दीप अनक्याप्ड क्याटागोरीमा थिए। आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तिमा २० लाख भारू (३२ लाख रुपैयाँ) थियो।

दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ–‘आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।’

आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।

पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा भने सन्दीप थिएनन्। तर, सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो।

 

sandip lamexane 1

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७