नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित


२६ असार २०७७, शुक्रबार
Nekapa 5

काठमाडौं, २६ असार । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीबेर अघि ट्वीट गर्दै बैठक एक सातालाई स्थगित गरिएको जानकारी गराएका हुन् । देशमा भइरहेको भारी वर्षा र बाढी पहिरोको कारण बैठक स्थगित गर्नु परेको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।

१० असारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक बैठक आज (शुक्रबार) का लागि सारिएको थियो ।

श्रेष्ठको ट्वीटमा भनिएको छ, ‘देशभर भइरहेका अतिबृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी स्थायी कमिटीको बैठक सात दिन स्थगित ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७