ककनीलाई पर्यटकीय केन्द्र बनाउन एकीकृत गुरुयोजना बनाउँछौं : पर्यटन मन्त्री भट्टराई


२८ असार २०७७, आईतवार
Yogesh Bhattrai 1

काठमाडौं, २७ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले ककनीलाई नेपालको पर्यटकीय गन्तव्य बनाउन एकीकृत गुरु योजना बनाउने बताएका छन् ।

काठमाडौंबाट नजिकै रहेको प्राकृतिक हिसाबले असाध्यै सुन्दर ककनी पर्यटकीय गन्तव्यको सम्भावना बोकेका थलो रहेको भन्दै मन्त्री भट्टराईले यसको विकासको गुरु योजना बनाइने बताएका हुन् ।

शनिबार पर्यटन मन्त्रालय अन्तरगत तारा गाउँ विकास समितिको जग्गा निरिक्षण गर्दै मन्त्री भट्टराईले ककनीमा रहेको तारा गाउँ विकास समिति, नेपाल स्काउट र नेपाल पर्वतारोहण संघ (एनएमए)को जग्गामा पूर्वाधार निर्माणका लागि एकिकृत गुरुयोजना तयार गरिने बताएका हुन् । यस क्षेत्रमा पर्यटकहरुको लागि रिसोर्ट, पर्वतारोहण तालिम केन्द्र, पर्वतीय खेलकुद केन्द्र, क्यासिनो सहितको होटल सञ्चालनको योजना रहेको उनको भनाई छ ।

Yogesh Bhattarai Tourism

मन्त्री भट्टराईले काठमाडौंबाट २० किलोमिटर मात्रै रहेको ककनीमा केवलकार सञ्चालनको पनि सम्भावना रहेको बताए । उनले यसबारेमा ठोस योजना तयार हुने उनको भनाई छ । मन्त्री भट्टराई शनिबार तारा गाउँ विकास समितिको जग्गा निरिक्षण र स्थानीयहरुको छलफलपछि काठमाडौं फर्किने क्रममा बाटोमा रहेको ओशो तपोवनमा पनि छिरेका थिए ।

मन्त्रीको योजना र निर्देशन बमोजिम तत्काल सबैसँग सहकार्य र समन्वय गरेर गुरुयोजना तयार पारिने तारा गाउँ विकास समितिका अध्यक्षमा प्रह्लाद न्यौपानेले बताए । मन्त्री भट्टराईसँगै पर्यटन व्यवसायी तथा नेपाल वायुसेवा निगम’को सञ्चालक समिति सदस्य फुरगेल्जे शेर्पा लगायत ककनी पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७