गरिमा विकास बैंकको खाता अनलाईनबाटै खोल्न सकिने


१० श्रावण २०७७, शनिबार
1567324666Garima

काठमाडौं, १० साउन । गरिमा विकास बैंकले अनलाईनबाट नै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकका अनुसार ग्राहकले अब अनलाईनबाटै खाता खोलेर आफ्नै खातामा जम्मा हुने गरी रकम पठाउन सक्ने छन् ।  

अनलाईनबाट खाता खोल्न बैंकको वेबसाईटमा गएर अनलाईन अकाउन्ट ओपनिङमा क्लिक गर्नुपर्ने बैंकले जनाएको छ । त्यसपछि आफूले खोल्न चाहेको खाताको प्रकार छनौट गर्ने र अनुरोध बमोजिम आफ्नो विवरण भरी कागजात अपलोड गर्नुपर्ने हुन्छ । 

यति गरेपछि आफ्नो इमेलमा आउने जानकारीका आधारमा सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ । गरिमा विकास बैंकले हाल ९१ शखा, ५१ एटीएममार्फत् सेवा दिइरहेको छ । 

गरिमा विकास बैंकले ल्यायो, ‘सजिलो घर कर्जा योजना’

गरिमा विकास बैंकले यातायात व्यवसायीलाई एक महिनाको व्याज छुट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७