१९१ यात्रु लिएर दुबईबाट आएको एअर इन्डियाको विमान दुर्घटनाग्रस्त


२३ श्रावण २०७७, शुक्रबार
plane crash in india

नयाँ दिल्ली, २३ साउन । संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारत केरलास्थित विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ शुक्रबार साँझ केरलको क्यालिकट विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो।

बिबिसिका अनुसार विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेका छन् । विमानमा १ सय ७४ यात्रु, १० शिशु, दुई पाइलट र चार परिचारक थिए। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो।

तर कति मानिस हताहत भए भन्ने स्पष्ट भइसकेको छैन। विमान दुर्घटनामा दुई पाइलटसहित कम्तीमा ११ जनाको ज्यान गएको सञ्चार माध्यमहरुले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७