कोरोना संक्रमणबाट एकैदिनमा ८ जनाको मृत्यु


२८ श्रावण २०७७, बुधबार
corona virus covid 10 scaled

काठमाडौं, २८ साउन । कोरोना संक्रमणबाट एकैदिनमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अनुसार पछिल्लो २४ घण्टामा आठजनाले ज्यान गुमाएका छन् ।


पछिल्लो समय ज्यान गुमाउनेमा युवा र प्रौढ उमेर समूहका पनि रहेका छन् । पछिल्लो २४ घण्टामा ज्यान गुमाएकामध्ये २ जना ४० वर्षमुनीका छन । भने अन्य ६ जना ४० वर्षमाथिका छन् । प्रवक्ता गौतमका अनुसार ज्यान गुमाउनेमध्ये तीनजना ६० वर्षमाथिका छन् ।
ज्यान गुमाउनेमा काठमाडौं महानगरपालिका– १२ टेकु निवासी ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ।


त्यसैगरी कोरोनाबाट एकजना युवकले पनि ज्यान गुमाएका छन्। धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी ३२ वर्षीय पुरुषको को

रोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।
कोरोनाबाटै धनुषाको जनकपुर उपमहानगरपालिका– १ का ७८ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार बिहान मृत्यु भएको छ ।


त्यस्तै जनकपुर उपमहानगरपालिका–१ निवासी ३८ वर्षीया महिलाको पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका बुधबारै ज्यान गएको छ। उता सप्तरीको डाक्नेश्वरी–८ घर भई हाल राजविराज नगरपालिका९६ सिरहा रोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको पनि मंगलबार राति कोरोनाबाट ज्यान गएको छ ।


मोरङको बुढीगंगा गाउँपालिका– २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ । कोरोनाबाट कपिलवस्तुमा पनि एकजनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–२ निवासी तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबारै बिहान बुटवल कोरोना विशेष अस्पतालमा ज्यान गएको छ । अर्कातिर बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि उपचारका क्रममा ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएको छ ।


बुधबार ८ जना थपिएसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामै थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणमा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७