एनसेलले दियो ९ अर्ब बोनस ब्यालेन्स


३ भाद्र २०७७, बुधबार
ncl scaled

काठमाडौं, ३ भदौ । एनसेलमा लकडाउन अवधिमा ग्राहकलाई ९ अर्ब रुपैयाँ बराबरको बोनस ब्यालेन्स दिएको बताएको छ।

लकडाउनको समयमा दिइएको यस्तो बोनसबाट ग्राहकले फोन, एसएमएस गर्न र इन्टनेट सेवा लिएको कम्पनीले बताएको छ।

२०७६ को चैत १२ गतेदेखि २०७७ को जेठ ३२ गतेसम्म यस्तो बोनस वितरण गरिएको कम्पनीले जानकारी दिएको छ। पहिलोदिन ५० प्रतिशत त्यसपछि चैत्र १३ बाट प्रत्येक रिचार्जमा १२० प्रतिशत बोनस दिइएको कम्पनीले बताएको छ।

राहत प्याकेज, बोनस, स्किम, सरकारको कोरोना कोषमा उपलब्ध गराएको रकमलगायत गरेर ९ अर्ब ६३ करोड बराबरको राहत दिएको हो।

२ सय ३० रुपैयाँमै १५ जीबी डाटा, इन्टरनेट सेवामा २५ प्रतिशत छुट, ब्यालेन्स ट्रान्सफर रकममा लाग्ने शुल्कमा छुट, सापटी रकममा वृद्धि, कोरोना रोकथाममा फ्रन्टलाइनमा रहेकाहरुका लागि सेवा बन्डल भएको सिम निःशुल्क, पहिला सेवा प्रयोग गरी पछि तिर्न मिल्ने योजना लगायत विभिन्न राहतका अफरहरु ल्याएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७