निषेधाज्ञामा पनि रेमिट्यान्स सेवा जारी राख्न राष्ट्र बैंकको निर्देशन


५ भाद्र २०७७, शुक्रबार
Rastra Bank

काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स सेवालाई जारी राख्न निर्देशन दिएको छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएको भन्दै देशका विभिन्न ठाउँमा अहिले निषेधाज्ञा भएपनि सुरक्षा अपनाएर रेमिट्यान्स सेवा जारी राख्न बैंकले निर्देशन दिएको हो।

रेमिट्यान्स नआउँदा घर व्यवाहर नै चलाउन कठिन हुनसक्ने अवस्था आउने भएकाले आदेश पालना गर्दै सेवा जारी राख्न निर्देशन दिएको हो।

स्थानीय प्रशासनसँग समुन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाएर भएपनि भुक्तानीको व्यवस्था मिलाउन अनुमति लिएका संस्थाहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो। त्यस्तै सकेसम्म बैंक तथा वित्तीय संस्थासँग समुन्वय गरी विदेशी मुद्रा सटही तथा भुक्तानी पनि त्यहीबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

स्थानीय प्रशासनको निषेधाज्ञा आदेशपछि बैङ्कका कर्मचारीलाई समेत प्रहरीले बाटैमा रोकेको भन्दै बिहीबार उपत्यकाका सबै बैङ्क तथा वित्तीय संस्थाहरु बन्द गरिएका थिए । शुक्रबारदेखि भने बैङ्कका कर्मचारीलाई प्रहरीले आवतजावत गर्न दिएको जनाइएको छ । यो अवस्थामा राष्ट्र बैङ्कले रेमिट्यान्स कम्पनीलाई समेत यस्तो निर्देशन दिएको हो । परिपत्रमा रेमिट्यान्स कम्पनीहरुलाई सेवा सुचारु गर्ने सम्बन्धमा स्थानीय प्रशासनसँग नै समन्वय गर्न समेत सुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७