दीपाश्री रुँदै राजेश हमालका फ्यानसँग फेरि मागिन् माफी


७ भाद्र २०७७, आईतवार
6caa880e2704847addd4f30f1e6307b5 w1000 h500 cp

काठमाडौं, ७ भदौं । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनका अवसरमा आज (आइतबार) रुँदै फेरि राजेश हमालका फ्यानसँग माफी मागेकी छन् ।

फेसबुकमा लाभइ आउँदै उनले आफूभन्दा सिनियर कलाकारका बारेमा टिप्पणी गरेर आफूले गल्ती गरेको भन्दै रुँदै माफी मागेकी छिन् । उनले शुरुमा फेसबुकमा स्टाटस लेखेकी छन्, ‘नमस्कार ! आज भाद्र ७ गते , मेरो जन्मदिन ! धेरै दिनदेखि तपाईंहरूबाट अलि टाढा थिएँ । त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु ।

आज गते पनि ७, तपाईंहरूसँग पनि सातै मिनेट मागें है । यसपछि उनी भिडियोमा अत्यन्त भावुक रूपमा प्रस्तुत भएकी छन् । बीचबीचमा रोएकी पनि छन् ।

‘हुन त त्यो कुराहरू नगर्दा पनि हुन्थ्यो होला अब, तर मलाई के लाग्यो भने, पछिल्ला दिनहरूले के सम्झायो भने समस्याबाट भाग्नुभन्दा त्यो समस्या व्यवस्थापन गर्नु ठूलो कुरा हो,’ भिडियोमा उनले भनेकी छन्, २९–३० वर्षको यात्रामा आधी समय त मेरो पीडादायी नै भयो । तर जब २०६० सालमा तीतोसत्य आयो त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेन ।’

कलाकारितामा सफल भए पनि व्यक्तित्व विकासका सवालमा आफू अझै कमजोरी रहेको महसुस भएको बताएकी छिन् । ‘मिडियामा कसरी प्रस्तुत हुने, कसरी सरल हुने, मिडियामा बोल्दा कुटनीतिक तरिकाले कसरी उत्तर दिने भन्ने कुरामा मैले अझै सिक्नु बाँकी रहेछ,’ उनले भनेकी छन् ।

खासगरी अभिनेता हमालका विषयमा गरिएको टिप्पणीपछि आएका गालीगलौजबाट उनी धेरै पीडित भएको उनको अभिव्यक्तिले प्रस्ट पारेको छ । अन्त्यमा अबदेखि गल्ती नदोहोर्‍याउने र व्यक्तित्व विकासमा पनि समय लगाउने उल्लेख गर्दै दीपाश्रीले हमालका फ्यानसँग भनेकी छन्, ‘मेरो अभिव्यक्तिले तपाईंको मन दुखेको छ भने मलाई आफ्नै दिदी बहिनी सम्झेर माफ गरिदिनु होला ।’ तर उनले महानायकका बारेमा भने केहि पनि बोलेकी छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७