विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला


३० भाद्र २०७७, मंगलवार
1572763816NEA

काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ।

ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले रातोपाटीलाई जानकारी दिए । प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो ।

गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो ।

उर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेपनि प्रधानमन्त्रीले यसबारे थप छलफल गर्ने भन्दै ‘होल्ड’मा राखिदिएका छन् ।

अँध्यारोबाट उज्यालो युगमा डोर्‍याएका कुलमानका चार वर्ष : झण्डै डुबेको संस्था ११ अर्ब नाफामा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७