प्रथम जेकेए अनलाईन काता प्रतियोगिता हुँदै


१० आश्विन २०७७, शनिबार
karate

काठमाडौं, ९ असाेज । जुनियर कराते एकेडेमी (जेकेए)को आयोजनामा १९ बर्ष मुनि उमेर समुहको खुल्ला ई-काता प्रतियोगिता हुने भएको छ।

सेप्टेम्बर २८ देखि अक्टोबर १० सम्म हुने प्रतियोगितामा अफिसियल बिधाको ४ वटै करातेका खेलाडीहरुको सहभागिता रहने छ।

महिला र पुरुष गरि २ स्वर्ण २ रजत २ कास्य पदकका लागी पुरुष ५५ जना र महिला ५० जना गरि कुल १०५ खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा पदक बिजेता खेलाडीहरुले क्रमश रु. ५०००, ३००० , २००० र उदयिमान खेलाडीको लागि रु १००० नगद पुरस्कार प्रदान गरिने आयोजक जुनियर कराते एकेडेमी धनेश्वरका प्रमुख प्रशिक्षक परशुराम बास्तोलाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७