प्रदेश-५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ


१६ आश्विन २०७७, शुक्रबार
Bhalubang 10 02 1

बुटवल, १६ असोज । प्रदेश-५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

प्रदेशसभाको आज (शुक्रबार) को बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले उक्त सरकारी प्रस्ताव पेश गरेका हुन् ।

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका-देउखुरीलाई स्थायी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताव छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।

शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साथै महासचिव विष्णु पौडेलबीच सो नाम र स्थानमा सहमति भई प्रदेश-५ को पार्टी कमिटीलाई परिपत्र समेत गरिएको थियो । परिपत्र गरेको केही समयपछि प्रदेश मन्त्रिपरिषद्को बैठक बसेर यस्तो निणर्य गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७