दशैंको टीकाको साइत सार्वजनिक, कुन देशमा कति बजे लगाउने ?


२२ आश्विन २०७७, बिहीबार
tika

काठमाडौं, २२ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो ।

समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ ।

यस्तै टेक्सासमा २५ अक्टोबरको ११ बजेर ५७, मिनेट, मेलबर्न, अस्ट्रेलियामा २६ अक्टोबरको ९ बजेर ९३ मिनेटमा तथा सिड्नीमा ९ बजेर ४३ मिनेटमै टीका लगाउनु पर्ने साइत निकालिएको छ ।

समाजका सभापति प्राडा माधव भट्टराई र सदस्यसचिव सन्तोष वाशिष्ठले जारी गरेको विज्ञप्तिमा नेपालसहित विभिन्न देशमा कुन समयमा टीका लगाउने भनेर स्थानीय समयसहितको साइतबारे जानकारी दिइएको हो ।

यसअघि नै नेपाल पञ्चाङ्ग निणर्ायक समितिले पनि विजयादशमीलगायत दशैंका विभिन्न साइत सार्वजनिक गरिसकेको छ । पञ्चाङ्ग निणर्ायक समितिले नेपाल बाहिर कुन साइतमा टीका लगाउने भन्नेबारे समय किटान गर्ने छैन ।
हेर्नुस् कुन देशमा कहिले टीका लगाउने ?

tika vVuJQAqAC6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७