राजपा नेपालविरुद्ध सर्वोच्चमा रिट


२६ माघ २०७४, शुक्रबार
Rajapa Kendriya karyalaya 4 SaAJl6oboc p2WthAd2Vz A01yicFTNd

काठमाण्डौं, २६ माघ : प्रदेश सभाको समानुपातिक सिटलाई समावेशी नबनाइएको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टी नेपालका नेता रामप्रवेश वैठाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राजपा नेपालले बुझाएको समानुपातिक सूची समावेशी समूहका आधारमा नगरेको आरोप रिटमा लगाइएको छ । समावेशी समूह तथा क्रमसंख्याका आधारमा समानुपातिक उम्मद्वारको सूची बुझाउने पर्ने निर्वाचन आयोगको नियमावलीमा उल्लेख छ । Rajapa Kendriya karyalaya 4 SaAJl6oboc p2WthAd2Vz A01yicFTNd

वैठाले दायर गरेको रिटमा उनले राजपा नेपाल, निर्वाचन आयोग, २ नम्बरको प्रदेश प्रमुख, २ नम्बर प्रदेश प्रमुखका सचिवालय, राजपा नेपालका प्रदेश सभा समानुपातिक सदस्य नेत्रविक्रम साह, प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयलाई विपक्षी बनाएका छ ।

नेपालको सविधानको धाा ४२ (१) धारा ४० (७) ले उल्लेख गरेको समानुपातिकको सिद्धान्त र सविधानको मुल मर्म र भावना विपरित तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ को अनुसुची १६ को समेतको विपरीत दलित र मुस्लिम समुदायको प्रतिनिधित्व विना नै राजपा नेपालले माघ २ गते आयोगमा पेस गरेको समानुपातिक सूची समावेशी र समानुपातिक हित विपरित रहेका दावी वैठाको छ ।

राजपा नेपालल आयोगमा बुझाएको समानुपातिक सूची समावेशी समूह अनुसार थिएन । क्रमसंख्या अनुसार मात्र थियो । तर राजपा नेपालले आयोगमा सूची बुझाउँदा दलित र मुस्लिमलाई समेत समावेश गरी समानुपातिक सदस्यका नाम बुझाउँदा आयोगले स्वीकार गरेको थिएन । समावेशी समानुपातिक सिद्धान्त विपरित सूची भएको भन्दै वैठाले रिट दायर गरे । सो रिटमाथि आजदेखि बहस हुने बताइएको छ । क्रम अनुसार नाम नमिलेको भन्दै सूची सच्याएर पठाउन आयोगले भनेको थियो । क्रमसंख्याका आधारमा नाम पठाउँदा दलित नेता रामप्रवेश बैठा र मुस्लिम नेतृ लैला खातुनलगायतका नाम हटाएर अरुको नाम पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७