अब ‘यन्त्र मानव’ ले दिनेछ स्यानिटाइजर र मास्क


४ कार्तिक २०७७, मंगलवार
nr

काठमाडौं, ४ कार्तिक । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले कोरोना संक्रमणको रोकथाममा सहयोग पुर्‍याउने रोबोट निर्माण गरेको छ ।

नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कँदा हात जोडेर अभिवादन गर्ने, मास्क लगाएको–नलगाएको छुट्ट्याउने र नलगाएकोलाई मास्क दिने, स्यानिटाइर दिनेलगायतको काम गर्नेछ ।

यो रोबोट कुनै पनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ । नास्टका इन्जिनियर रोशन पाण्डेकाअनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, स्यानिटाइजर दिने, मास्क नलगाएको खन्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई नास्टकै प्रवेशद्वारमा राखिने पनि पाण्डेले बताए ।

कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कँदा प्रभावकारीरुपले नियन्त्रण गर्नसक्ने उद्देश्यले रोबोट निर्माण गरिएको पनि पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७