भीम आचार्यलाई आफ्नैबाट घात, किन गरे राजन राईले मत बदर ?


२६ माघ २०७४, शुक्रबार
Rajan Rai 2

काठमाण्डौं, २६ माघ : नेकपा एमाले प्रदेश–१ को संसदीय दलको निर्वाचनमा भीम आचार्यले चुनाव जित्ने निश्चित जस्तो देखिएका बेला एकाएक परिणाम उल्टिएर आयो ।Rajan Rai 2

जसले शुक्रबार एमाले पार्टीभित्र निकै ठूलो खैलाबैलाको अवस्था सिर्जना गर्‍यो । नेकपा एमाले प्रदेश–१ को संसदीय दलको निर्वाचनमा एक मत बदर भयो । कूल ५१ एमाले सांसदमध्ये कसको मत बदर भयो होला ? चुनावको परिणाम आएसँगै यसबारे धेरैको चासो बन्यो । संसदीय चुनावमा मत हुनु असामान्य रुपमा लिइयो । यसमा चलखेलको आशंका गरिरहेका बेला बदर भएको मत भने कुनै निरक्षर सांसदको नभएर पढे–लेखेका र प्रभावशाली नेताकै रहेको खुलासा भएको छ ।

प्रदेश संसदीय दलको चुनावमा मत बदर गर्ने सांसद राजन राई रहेको रहस्य खुलेको छ । खोटाङ प्रदेशसभा ‘क’ बाट निर्वाचित सांसद राई एमालेका केन्द्रीय सदस्य तथा चर्चित युवा नेता हुन् । उनले मतपत्रमा कुनै एक उम्मेद्वारलाई मत नदिई हस्ताक्षर मात्र गरेका कारण बदर भएको एमाले नेता जगदिश कुसियतले जानकारी दिएका छन् ।

एमाले पार्टीभित्र राई माधव नेपाल पक्षका नेता हुन् । उनले सुझबुझमै मत बदर गरेको चर्चा एमाले वृत्तमा चलेको छ । भीम आचार्यलाई मन नपराउने माधव नेपाल पक्षका सांसदमध्ये कम्तीमा ५ जनाले शेरधन राईलाई मत दिएको र राजन राईले मतै बदर गराएको आशंका छ आचार्य पक्षधर नेताले गरेका छन् । चुनाव जित्ने शेरधन राईले २६ मत पाउँदा आचार्यले २४ मत पाए । एक मत बदर भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७