अल्फा केयरमा पिसीआर परीक्षण सुरु


२० कार्तिक २०७७, बिहीबार
pcr

काठमाडौं २० कात्तिक । नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले कोभिड-१९ को पिसीआर परीक्षण सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रालयले तयार गरेको मापदण्डअनुसार परीक्षण सुरु गरेको हो । गुणस्तरीय ल्याब र किटको प्रयोग गरी पीसीआर सुरु गरेको अल्फा केयरले जनाएको छ ।

अल्फा केयरका प्रबन्ध निर्देशक प्रा.डा. बिदुर वस्तीले सबै प्रक्रिया पूरा गरी पिसीआर परीक्षणको गुणस्तरीय सेवा प्रदान गर्न सुरु गरेको बताए । मलेकुलर ल्याबअन्तर्गत पिसीआर सुरु गरेको हो । यूएस एफडीए स्वीकृत मेसिन र युएस एफडीएको माकुरा कम्पनीले तयार गरेको किट प्रयोग गरी पिसीआर परीक्षण भइरहेको छ ।

संस्थामा एमडी, एमएस गरेका मेडिकल डाक्टर तथा माइक्रोबायोलोजी अध्ययन गरेका योग्य व्यक्तिबाट सेवा प्रदान गरिने अल्फा केयरले जनाएको छ ।

अल्फा केयरले ल्याबसम्म आउन समस्या भएका ब्यक्तिलाई सुरक्षा साबधानी अपनाएर घरमै सेवा दिने अल्फा केयरले जनाएको छ । सरकारले तोकेको मापदण्डअनुसार गुणस्तरीय सेवा दिने र सरकारले निर्धारण गरेको शुल्कमा पिसीआर परीक्षण हुने अल्फा केयरका प्रबन्ध निर्देशक वस्तीले बताए ।

दुईवटा मेसिनबाट दैनिक एक हजार दुई सय परीक्षण गर्न सक्ने क्षमता रहेको छ । सो ल्याबले रिपोर्ट बिहानदेखि दिउँसो १ बजेसम्म संकलन भएका स्वाबको बेलुका पाँच बजे रिपोर्ट दिने जनाएको छ । माग बढेमा क्षमता समेत बढाउन सकिने जनाएको छ ।

नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको १५ हजार बर्गमिटर क्षेत्रफलमा ल्याब रहेको छ । डायग्नोस्टिक सेन्टर भएकाले अन्य सेवा समेत गुणस्तरीय प्रदान गर्ने जनाएको छ । अल्फा केयरमा रहेको फार्मेसीमार्फत औषधि समेत गुणस्तरीय प्राप्त गर्न सकिने अल्फा केयरको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७