कोरोनाबाट कैलालीमा वडाध्यक्षको निधन


२१ कार्तिक २०७७, शुक्रबार
b831c1ddfb13673eb8d94c4bbd465621 w1000 h500 cp

कैलाली, २१ कार्तिक । कोरोना भाइरस संक्रमणबाट कैलालीमा एक वडाध्यक्षको ज्यान गएको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष ७३ वर्षीय नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणका कारण आज (शुक्रबार) बिहान निधन भएको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष शाहलाई १२ कार्तिकदेखि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कडा खालको निमोनियाको समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

‘उहाँमा कडा खालको निमोनिया पनि थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर बचाउन सकिएन ।’ अहिले नेपाली सेनाले शाहको शव व्यवस्थापनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७