‘झुटो बोलेको’ भन्दै ठूला च्यानलले बीचमै रोके ट्रम्पको प्रत्यक्ष प्रसारण


२१ कार्तिक २०७७, शुक्रबार
7de74281a22451a9a3db9be448452850 w1000 h500 cp

काठमाडौं, २१ कार्तिक । अमेरिकाका केही ठूला टिभी च्यानलले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बीचमै रोकिदिएका छन् । चुनावको परिणामलाई लिएर ट्रम्पले गरेको टिप्पणीको प्रत्यक्ष प्रसारण रोकेर च्यानलहरूले ट्रम्पले झुटो बोलेको बताएका छन् ।

एबीसी, सीबीएस र एनबीसी टिभी च्यानलले उनले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गरेका थिए । तर ट्रम्पले चुनावी परिणामको बारेमा दर्शकलाई झुटा बयान दिएको बताउँदै च्यानलहरूले प्रत्यक्ष प्रसारण रोकेका थिए ।

उनले हुलाकबाट आएका मतपत्रको बारेमा बोलेका थिए । उनले हुलाकबाट आएका मतपत्रको विश्वसनीयता नभएको बताएका थिए ।

ट्रम्पले मतदान हुनुभन्दा पहिले आफ्ना समर्थकहरुलाई हुलाकबाट नभई मतदान स्थलमा नै गएर मत दिन अनुरोध गरेका थिए । तर, जो बाइडेनले महामारीका कारण मतदान स्थलभन्दा हुलाकबाट नै मतदान गर्न आफ्ना समर्थकलाई अनुरोध गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७