देशभर कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुग्यो


२३ कार्तिक २०७७, आईतवार
korona

काठमाडौं, २३ कार्तिक । देशभर कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ । त्यसमध्ये एक लाख ५५ हजार एक सय १४ जना निको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार दश हजार चार सय २३ नमुना परीक्षण गर्दा दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा दुई हजार दुई सय ६ जना निको भएका छन् । शनिबारसम्म २८ हजार नौ सय २० जना संक्रमित घरमा बसेका छन् ।

त्यस्तै, बागमती प्रदेशमा १८ हजार चार सय ८६, प्रदेश १ मा चार हजार पाँच सय ७०, प्रदेश २ मा नौ सय ८५, गण्डकीमा एक हजार सात सय १०, लुम्बिनीमा दुई हजार एक सय ८६, कर्णालीमा दुई सय ९८ र सुदूरपश्चिममा ६ सय ८५ जना घरमै बसेका रहेका छन् ।

पछिल्लो २४ घन्टामा चार सय ४१ जना कोरोना संक्रमित सघन उपचार कक्षमा छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आइसियूमा तीन सय ६५ र भेन्टिलेटरमा ७६ जना छन् ।

तथ्यांकअनुसार बागमती प्रदेशमा एक सय ६३ जना आइसियू र ३५ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा ४४ जना आइसियू र १५ जना भेन्टिलेटरमा, गण्डकीमा ८० जना आइसियू र १७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ५८ जना आइसियू र ६ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै, सुदूरपश्चिममा सात जना आइसियू र एकजना भेन्टिलेटरमा छन् । प्रदेश २ मा आठ जना आइसियू र दुई जना भेन्टिलेटरमा छन् भने कर्णालीमा पाँच जना आइसियूमा छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७