नेसन्स लिग : फाइनल चरणको छनौट खेलबाटै बाहिरियो इङल्याण्ड


१ मंसिर २०७७, सोमबार
115512214 gettyimages 1285830093

काठमाडौं, १ मंसिर । इङल्याण्ड नेसन्स लिगको फाइनल चरणका लागि छनौट खेलबाटै बाहिरिएको छ ।

समूह ए टू अन्तर्गत गए राति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएसँगै इङल्याण्डको फाइनल चरण पुग्ने सम्भावना सकिएको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १० औं मिनेटमा रामेलु लुकाकुको सहयोगमा युरी टिएल्मन्सले गोल गरे ।

यस्तै २३ औं मिनेटमा ड्राइज मर्टेन्सले गोल गरेर पहिलो हाफमा नै २–० को अग्रता दिलाए र सोही अग्रता नै जित बन्यो । विश्व बरियतामा शीर्ष स्थानको बेल्जियमको जितसँगै पाँच खेलबाट १२ अंक भएको छ र उ समूहको शीर्ष स्थानमा छ । सात अंकसहित इङल्याण्ड तेस्रो स्थानमा छ ।

सोही समूह अन्तर्गतको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २–१ ले पराजित गरेको छ । डेनमार्कका लागि दुवै गोल क्रिष्टियन एरिक्सनले पेनाल्टीमार्फत गरेका छन् । जित निकालेको डेनमार्क १० अंकसहित दोस्रो स्थानमा छ । आइसल्याण्डले अहिलेसम्म एक खेल पनि जित्न वा बराबरी गर्न सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७