शंखमुलमा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु


१४ मंसिर २०७७, आईतवार
Two motarcycle accident

काठमाडौं, १४ मंसिर । काठमाडौं महानगरपालिका–३१ शंखमुलमा दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

शनिबार बेलुकी करिब सात बजेतिर शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का २२ वर्षीय सुदीप तिमल्सिनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खान घाइते छन् । उनको ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ ।

यस्तै झापाको अर्जुधारा नगरपालिका–८ कन्चनबारीमा को १ क १५८७ नं. को जेसीभीले प्रदेश १ ०१०१२ प ७१५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ३२ वर्षीय दीपककुमार बुढाथोकी छन् । उनको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेसीभी चालक फरार छन् र उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७