विवाह गर्दै नायिका श्वेता खड्का


१८ मंसिर २०७७, बिहीबार
swayata 1024x649 1

काठमाडौं, १८ मंसिर । नायिका तथा सामाजिक अभियान्ता श्वेता खड्काले पुनः विवाह गर्ने भएकी छन् ।

यसअघिका श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि नायिका खड्काले दोस्रो विवाह गर्न लागेकी हुन् । उनले यही मंसिर २२ गते बिहेका लागि मिति तय भएको सञ्चारमाध्यमलाई जानकारी दिएकी छिन् । त्यसका लागि निम्तो कार्ड समेत बाँडिसकिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । उनीहरूबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ । नायिका खड्काले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन् ।

तर, बिहे भएको एक महिनापछि नै ब्लड क्यान्सरका कारण सोही सालको साउन २५ गते नायक श्रेष्ठको निधन भएको थियो । नायक श्रेष्ठको निधनको ठूलो बज्रपात सहेकी खड्का पछिल्लो समय चलचित्र क्षेत्रसँगै सामाजिक कार्यमा समेत सक्रिय छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७