फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरीको कोरोनाबाट मृत्यु


१८ मंसिर २०७७, बिहीबार
valeryfrench 20201203102111

पेरिस, १८ मंसिर । फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको कोरोना भायरस संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो केही सातादेखि कोरोना भाइरसको संक्रमणबाट ९४ वर्षीय भ्यालेरीको स्वास्थ्य अवस्था बिग्रँदै यही बुधबार उनको निवासमै निधन भएको हो ।

आधुनिक फ्रान्सका प्रमुख नेताको रुपमा पनि भ्यालेरीलाई चिनिन्छ । १९७४ देखि लगातार ८ वर्ष राष्ट्रपति पदमा रहेका भ्यालेरीले फ्रान्सेली समाजलाई आधुनिकतातर्फ डोर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फ्रान्समा आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाइने, मतदाताको उमेर २१ बाट १८ वर्षको मापदण्ड उनैले गराएका थिए । पदबाट हटेपछि पनि उनले यूरोपेली देशहरुबीचको सहकार्यमा जोड दिँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७