नेकपा विवादको प्रभाव जनसंगठनमा : प्रचण्ड-नेपालपक्षीय विद्यार्थीको बेग्लै भेला


१९ मंसिर २०७७, शुक्रबार
Asta Laxmi Shakya

काठमाडौं, १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको प्रभाव जनसंगठनमा पनि सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीहरुले बेग्लै भेला गरेको एक सातापछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थीहरुले पनि भेला गरेका छन् ।

शुक्रबार प्रचण्ड–नेपाल समूहले काठमाडौंको थापाथली क्याम्पसमा विद्यार्थीहरुको बेग्लै भेला गरेको हो । प्रधानमन्त्री ओलीनिकट रहेका विद्यार्थी संयोजक ऐन महरल गत १४ मंसिरमा काठमाडौंको मदन भण्डारी कलेजमा आफू पक्षको भेला गरेका थिए । संयोजक महरले बेग्लै भेला गरेपछि आफूहरुले पनि शुक्रबार भेला गरेको नेता सुदेश पराजुलीले बताए ।

पार्टी र संगठनको बारेमा फैलाइएको भ्रमलाई चिरेर पार्टीको विधि र पद्धतिको पक्षमा उभिन अपिल गर्नका लागि भेला गरिएको पराजुलीको भनाई छ । संयोजक महरले नै गुटगत भेला गरेर भ्रम फैलाएको दाबी गर्दै पराजुलीले त्यसलाई चिर्नका लागि शुक्रबारको भेला गरिएको जानकारी दिए ।

Nepal Student

भेलामा नेकपा स्थायी कमिटि सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी नेता उपस्थित थिए ।

भेलालाई सम्बोधन गर्दै शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताइन्। ओलीले पार्टी संगठनलाई योभन्दा बिगार्ने ठाउँ र बदनाम गर्ने ठाउँ नभएको भन्दै तिब्र बिरोध गरिन् ।

नेतृ शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यक्षलाई मिलाएर अहिलेको समस्या समाधान गर्न खोजेको भन्दै दुई अध्यक्षमात्रै मिलेर समस्याको समाधान नहुने बताइन्।

स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले स्थायी कमिटिको निर्णय नमान्दा समस्या भएको दाबी गरिन् । उनले विधि र पद्धति नमान्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने बताइन्।

पार्टीभित्र विवाद जारी रहेको बेला जनसंगठनको पनि बेग्ला–बेग्लै भेलाहरु सुरु भएपछि नेकपा विवाद गम्भिर अवस्थामा पुगेको छ ।

NCP Student Bhela 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७