द्विराज शर्मा क्यानडाद्धारा बिजनेश एडभाइजरमा नियुक्त


२० मंसिर २०७७, शनिबार
Dwiraj Sharma Siwakoti

काठमाडौं, २० मंसिर । राष्ट्रिय शैक्षिक परामर्श संघका वरिष्ठ सल्लाहकार तथा अल्फा बिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटीलाई क्यानडा ट्रेड कमिशन सर्भिसले बिजनेश एडभाइजर नियुक्त गरेको छ।

क्यानडा ट्रेड कमिशन सर्भिसले शर्मालाई नेपालका लागि बिजनेस एडभाइजर नियुक्त गरेको हो।

पछिल्लो समयमा क्यानडाले नेपाललाई लगानी लागि प्राथिमकताको मुलुकको रुपमा राखेको छ । यही लगानीको प्रबद्र्धन, सल्लाह र समन्वयको लागि शर्मालाई सल्लाहकारमा नियुक्त गरेको हो ।

क्यानडाको लगानी नेपालमा भित्राउनका निम्ती आफूले पुलको रुपमा काम गर्ने युवा उद्यगमी शर्माले बताए । उनले भने, ‘क्यानेडियन लगानीकर्ता नेपाल भित्र्याउने र नेपाल लगानीकर्तालाई क्यानडाको कम्पनीसम्म पुर्‍याइदिन भूमिका निर्वाह गर्नेछु ।’

सिगापुरबाट ‘मार्केटिङ’ र ‘पब्लिक रिलेसन’ अध्ययन पूरा गरेका शर्मा अल्फा बिटा ग्रुप कार्यकारी अध्यक्ष हुन् । पछिल्लो समयमा अल्फा ग्रुपले अल्फा हेल्थ कियर सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७