प्रतिनिधि सभा विघटनविरुद्ध जसपा काठमाडौंमा प्रदर्शन {भिडियाे}


१२ पुष २०७७, आईतवार
jasapa nepal

काठमाडौं, १२ पुस । जनता समाजवादी पार्टी,नेपाल (जसपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध आइतवार काठमाडौंमा प्रदर्शन गरेको छ ।

जसपाले कालो ब्यानरसहित रत्नपार्कबाट विरोध जुलुस निकालेको थियो । विरोध जुलुस निकाल सहिदगेट, न्युरोड हुँदै पुन शान्तिबाटीकामा पुगी कोणसभामा परिणत भएको थियो । विरोध ¥यालीमा पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव लगाएतका शिर्ष नेताहरु सहभागी थिए ।

भट्टराईले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेर असवंधानिक, अलोकतान्त्रीक र प्रतिगमनकारी कार्य गरेको आरोप लगाए । सडकबाट जनताल बिरोध नगरेसम्म प्रतिगमनकारी कार्य नसच्चिने उनले बताए। उनले संसद बिघटनको निर्णय फिर्ता नभए जनआन्दोलनबाट प्राप्त उपलव्धी समेत गुम्ने खतरा पैदा भएको टिप्प्णी गरे ।

त्यस्तै अध्यक्ष यादवले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरिएको बताए । उनले संसद बिघटन गरेर लोकतन्त्रलाई समाप्त गर्ने खेल भएको आरोप लगाए ।

प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै जसपाले संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७