१२ वर्षअघिको चर्चित अपहरण काण्डमा फरार बुढाथोकी पक्राउ


१५ पुष २०७७, बुधबार

काठमाडौं, १५ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १२ वर्षअघिको एक चर्चित अपहरण काण्डका फरार दोषी पक्राउ गरेको छ ।

काठमाडौंको भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हाे। बुढाथोकीलाई पक्राउ गरेको सीआईबीका डीआईजी सहकुल थापाले पुष्टि गरेका छन् ।

रावलको २०६५ पुसमा अपहरण भएको थियो । उदय सेट्टीको समूहले रावललाई एक हप्ता बन्धक बनाएर एक करोड ५० लाख फिरौती रकम असुलेको थियो । अपहरणमा संलग्न उदय सेट्टी र प्रल्हाद महत यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले २३ वर्षको जेल सजाय फैसला गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७