निर्वाचन गतिविधि रोक्न माग गर्दै नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपाल निर्वाचन आयोगमा


२७ पुष २०७७, सोमबार
Dahal Nepal Nirbachan Aayog

काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै दुई अध्यक्ष आयोग पुगेका हुन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष निर्वाचन आयोगको कार्यालय बहादुर भवन पुगेका हुन् ।

‘सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा छ । तर, आयोगले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचनको काम अगाडि बढाएको छ । यसलाई रोक्नुपर्छ भनेर दुई अध्यक्ष आयोग गएको एक नेताले जानकारी दिए । सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो । सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७