प्रिमियर लिग : ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा


१ माघ २०७७, बिहीबार
manchester Clc1q6f5Hf

काठमाडौं, १ माघ । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो । फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै म्यानचेस्टर सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७ औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा टोटनह्याम र फुलह्यामले एकरएक गोलको बराबरी गरेका छन् । खेलको २५ मिनेटमा टोटनह्यामका लागि ह्यारी केनले एक गोल गरे ।

त्यसपछि दबाबमा परेको फुलह्यामले खेलको ७४ औं मिनेटमा एक गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । फुलह्यामका लागि इभान काभालिरोले गोल गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७