सभामुखमाथि बढ्दै दबाब


९ माघ २०७७, शुक्रबार
agniprasad sapkota

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन् । संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थानमा संसद् विघटन भए पनि अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् ।

अहिलेको अवस्थामा सभामुख सापकोटालाई निकै चुनौति थपिएको छ । आगामी वैशाखमा निर्वाचन पनि भएन अदालतले पनि फैसला गरेन भने उनलाई संसद् बैठक बोलाउन दबाब दिनसक्ने अनुमान गरिएको छ । दाहाल–नेपाल समूह, नागरिक समाजलागयतले यस किसिमको दबाब दिनसक्ने देखिएको स्रोतले बतायो ।

सभामुखले संसद् बोलाउने र सरकारले संकटकाल लगाएमा मुलुकमा अस्थिरताको अवस्था भएकामा सभामुखले राजीनामा दिन पनि सक्नछन् । राजनीतिक अवस्था संकटमा पर्दै गएमा सभामुखले राजीनमा दिने बाटो भने खुलै रहेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७