दुई युवतीलाई सामुहिक बलात्कार गर्ने चारमध्ये ट्राफिक जवानसहित दुई जना पक्राउ


११ माघ २०७७, आईतवार
pakrau
फाइल फोटो

रुपन्देही, ११ माघ । दुई युवतीलाई सामुहिक बलात्कार गर्ने चार जनामध्ये एक ट्राफिक प्रहरीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगंगा गाउँपालिकाका गुरुचरण चौधरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मा छन् ।

कार्तिक २३ गते आफूहरुमाथि सामुहिक बलात्कार भएको भनी दुई जना युवतीले शुक्रबार दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेलले जानकारी दिएका छन् ।

युवतीहरुको जाहेरीअनुसार कार्तिक २३ गते राति ८ः३० बजे प्रहरी जवान शर्मा उनीहरुलाई भेट्न गएका थिए । भेटघाटको क्रममा युवतीले अपशब्द बोलेपछि शर्माले उनका अन्य तीन जना साथीहरुलाई बोलाए ।

शर्माका साथीहरुले त्यहाँ एक युवतीको नग्न तस्बिर खिचेको र अर्की युवतीलाई सामुहिक बलात्कार गरेको युवतीहरुको जाहेरीमा उल्लेख रहेको एसपी पोखरेलले बताएका छन् । निजले घटनाको विषयमा उजुरी दिए नग्न तस्बिर भाइरल गरिदिने धम्की समेत दिएको पीडित युवतीहरुले जाहेरीमा उल्लेख गरेका छन् । घटनामा संलग्न अन्य दुई जना भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७