विव्यसको चुनावबाट फर्किदै गरेका युवाको खुँडा हानेर हत्या


१४ माघ २०७७, बुधबार
hatya 18 2IcoewtLtm

बझाङ, १४ माघ । बझाङमा विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किदै गरेका एक युवाको खुडा प्रहार गरी हत्या गरिएको छ ।

मंगलबार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो । उनीमाथि विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिएका छन् ।

छबिस पाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक–अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो । प्रहरीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपलिका–२ का ज्ञानबहादुर कडायत छन् । घटनामा प्रयोग भएको खुँडा प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७