जापानमा एकै दिन झण्डै एक सय उडान रद्द


१७ माघ २०७७, शनिबार

टोकियो, १७ माघ । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन् ।
अत्याधिक हावाहुरी र भारी हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी भागमा परेको हो ।

जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ उडान रद्द गरेको जनाइएको छ ।

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्द भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७