आमहडतालले देश ठप्प


२२ माघ २०७७, बिहीबार
Kathmandu Roads 2 scaled

काठमाडौं, २१ मा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालको असर देशभरी परेको छ । देशैभरको जनजीवन प्रभावित भएको छ ।

आमहडतालको कारण काठमाडौं उपत्यका पूर्णत ठप्प भएको छ । आमडताल सफल पार्न नेकपाका नेताहरु बिहानैदेखि सडकमा निस्किएका छन् । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेतृ अमृता थापा मगरलगायत कलंकीबाट पक्राउ परेका छन् ।

आमहडताल सफल पार्नका लागि शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आमहड्ताल गर्न सडकमा आएका छन्। बिहीबार बिहान उनी ललितपुरको सातदोबाटोमा प्रदर्शनकारी गरेको नाराबाजीमा सहभागी भए।

हेर्नुहोस् बन्द सफल पार्न सडकमा आएका नेता तथा कार्यकर्ता :-

Prachanda
Parchanda
Astalaxmi shakya
Nepal strike
Naryan kaji shrestha
Bishnu Rijal
Naresh sahi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७