संवैधानिक निकायमा गरिएका नियुक्ति बदर माग गर्दै सभामुखद्वारा रिट दर्ता, आइतबार सुनुवाइ (निवेनदसहित)


२३ माघ २०७७, शुक्रबार
146033646 1047824362387765 8719236579533651923 n

काठमाडौं, २३ माघ । संवैधानिक निकायमा गरिएका नियुक्तिहरु अवैध ढंगबाट गरिएको भन्दै
सभामुख अग्निप्रसाद सापकोटाले आज (शुक्रबार) सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

रिट निवेदनमाथि आइतबार पेशी तोकिएको छ । संवैधानिक परिषद्का सदस्य समेत रहेका सापकोटाले ती नियुक्तिका लागि परिषद्ले गरेको सिफारिश प्रक्रिया नै कसरी अवैध छ भनी बिभिन्न कारण पेस गर्दै नियुक्त बदर गर्न माग गरेका छन् ।

ती निकायमा सिफारिश गर्ने परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित रहेका थिए । उनले आफू कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको बताएका छन् । सभामुख सापकोटाले प्रधान न्यायाधीश, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष लगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्। उनको रिटमाथि आइतबार सुनुवाई हुने जनाइएको छ ।

सभामुख सापकोटाले पत्रकार सम्मेलन गर्दै रिट बारेमा थप धारणा राख्दै छन् । प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषदले सभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा नै विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेको थियो । सभामुख सापकोटाले नियुक्तिको पत्र फिर्ता गर्दा समेत सरकारले सिफारिस गरेकाहरुलाई शपथ ग्रहण गराएको थियो ।

1 2
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७