बैशाखको निर्वाचन कुनै हालतमा रोकिंदैन : विष्णु पौडेल


१ फाल्गुन २०७७, शनिबार
367b9d0d0ff2db25317a15a5fc929b69 w1000 h500 cp

बुटवल, फागुन १ । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको बैसाखका लागि तोेकिएको कुनै हालतमा नरोकिने बताएका छन् ।
उनले निर्वाचनलाई कुनै ताकतले रोक्न नसक्ने समेत दावी गरे । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले आज (शनिबार) बुटवलमा आयोजना गरेको जनसभामा महासचिव पौडेलले निर्वाचन बैशाख १७ र २७ गते नै हुने ठोकुवा गरे ।

‘मानिसहरुमा चुनाव हुँदैन कि भन्ने भ्रम छ,’ उनले भने, ‘बैशाखको १७ गते चुनाव हुन्छ, बैशाखको २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै ताकतले यो चुनावलाई रोक्न सक्दैन ।’ जनसभामा उनले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरे ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतमा जारी रहेकै बेला सरकारमा रहेका मन्त्रीहरुले निर्वाचन हुने ठोकुवा गरिरहेका छन् । विघटनको मुद्दाम सर्वोच्चले प्रतिनिनिसभा पुनर्स्थापना गरेको अवस्थामा निर्वाचन हुँदैन ।

महासचिव पौडेलले पार्टीबाट केही स्वार्थी तत्वहरु किनारा लाग्दैमा पार्टीमा खासै फरक नपर्ने बताएका छन् । उनले पार्टीले निर्वाचनबाट बहुमत प्राप्त गर्ने र पुनः एक कार्यकाल केपी ओलीले सरकारको नेतृत्व गर्ने उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७