स्पेनिस ला लिगा : बार्सिलोना बराबरीमा रोकियो


१० फाल्गुन २०७७, सोमबार
117106019 cadiz get 3uSZTihwv6

काठमाडौं, १० फागुन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा बार्सिलोना र काडिजले १–१ गोलको बराबरी गरेका हुन् । खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि यसलाई जोगाइराख्न नसक्दा खेल बराबरीमा पुगेको थियो ।

खेलको ८९ औं मिनेटमा काडिजका एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । बराबरीसँगै तेस्रो स्थानमा रहेको बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ ।

यस्तै, गए राति नै भएका खेलमा रियल सोसिडाड र हुएस्का विजयी भएका छन् ।
रियल सोसिडाडले एल्लाभेसलाई ४–० गोल अन्तरले हरायो भने हुएस्काले ग्रानडालाई ३–२ गोल अन्तरले हरायो । यस्तै, एट्लेटिको बिल्वाओ र भिल्लारियलले भने एक–एक गोलको बराबरी गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७