पशुपतिमा दाहसंस्कारका लागि सरकारले निःशुल्क दाउरा दिन्छ : मन्त्री आले


१७ फाल्गुन २०७७, सोमबार
prem bahadur ale

काठमाडौं, १७ फागुन । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि सरकारले निःशुल्क दाउरा उपलब्ध गराउने बताएका छन् ।

सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री आलेले दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने बताए । मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेकाले यसै पटक लागू हुने उनको भनाइ छ ।

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताए । कम्तिमा ३५ जिल्लामा कार्यक्रम अगाडि बढाउनका लागि मन्त्रालयमा छलफल गरिरहेको उनले जानकारी दिए ।

मन्त्री आलेले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको उल्लेख गर्दै कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रूपमा कार्यक्रम अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७