निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल पक्षको पत्र : नेकपा विवाद तत्काल निरुपण गरियोस् (पत्रसहित)


२१ फाल्गुन २०७७, शुक्रबार
1613290486 Lilamani pokharel

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले पार्टीको आधिकारिकता विवाद तत्काद निरुपण गर्न माग गर्दै निर्वाचन आयोगलाई फेरि पत्र बुझाएको छ ।

प्रचण्ड–नेपाल पक्षले विवाद निरुपणको आग्रह गर्दै पाँच पृष्ठको पत्र आयोगलाई बुझाएको हो ।
आज (शुक्रबार) आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि ताकेतापत्र बुझाइएको जानकारी दिएका छन् । पाण्डेले प्रमुख निर्वाचन आयुक्तले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया अघि बढाउने जानकारी दिएको बताएका छन् ।

नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी आयोग पुगेका थिए । आयोगले गएको माघ ११ गते नेकपा एउटै भनेर निर्णय गरेपछि उक्त समूहले फागुन २० गते आधिकारिकता दाबी गर्दै पत्र बुझाएको थियो ।
हेर्नुस् पत्र

1 2
2 2
3 2
4 3
5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७