नजलेको मुस्कान


२२ फाल्गुन २०७७, शनिबार
Muskan Khatun

काठमाडौं, २२ फागुन । ‘मेरो ठम्याइ छ कि तपाई बलियो किशोरी हो । मेरो शुभकामना छ– तपाईलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस्, सधैँभरि यसरी नै मुस्कुराउनुहोस्,’ बलिउडका महानायक अमिताभ बच्चनले मुस्कान खातुनका लागि मन्द मुस्कानको कामना गरेका वाक्य हुन् यी ।

यी वाक्य, वाक्य मात्रै होइनन्, मुस्कानका दुवै ओठका लागि मन्द मुस्कान हुन् । तेजाबले चहर्‍याइरहेको अनुहारमा चम्केका मुस्कान हुन्, जसलाई लाखौँले मायाले सुम्सुम्याइदिए । ती लाखौंमध्ये एक थिए, अमिताभ ।

मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तराष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाउँदै छिन् । यो अवार्ड पाउने उनी नेपालबाट पहिलो महिला हुन् । र, अहिलेसम्मकै कान्छी पनि । पुरस्कार घोषणापछि भनिन्, ‘असाध्यै खुशी छु । अझै दायित्व थपिएका छन् ।’ यसअघि यो पुरस्कार नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले पाएकी थिइन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७