एमाले विभाजनतर्फ


१ चैत्र २०७७, आईतवार
Nepal Oli Khanal

काठमाडौं, १ चैत । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारुढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ ।

ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल – माधव कुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ । सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रुपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कारेको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरुको भेला गरेर पार्टीको विधानविपरीत खनाल–नेपाल समूहका नेताहरुको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७