नेपालीको बचत क्षमतामा ह्रास, सरदर एक सय कमाउँदा ९१ रुपैयाँ खर्च


१ चैत्र २०७७, आईतवार
money scaled

काठमाडौं, १ चैत । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ । अधिकांशले रोजगारी गुमाएर आम्दानीको स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो ।

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९–२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन् । यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो । ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,’ विभागका निर्देशक गाणेशप्रसाद आचार्यले भने, ‘८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ ।’

विभागले आधार वर्ष २०१०–११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो । नयाँ आधार वर्ष अनुसार सन् २०१८–१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९–२० मा उभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो । यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७